राेजगार सिर्जना गर्न नसकेपछि प्रधानमन्त्री राेजगार कार्यक्रम असफल

नेपालखोज २०७७ चैत २० गते ८:०१

काठमाडाैं । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । कार्यक्रमले कुनै गति समेत लिन नसकेर असफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण २ सय ६ वटा स्थानीय तहले रोजगारी सिर्जना गर्न सकेनन् ।

मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो । त्यसमध्ये ४ सय ९५ स्थानीय तहले मात्रै रोजगारी सिर्जना गर्न सकेका छन् ।

सरकारले ७ सय ५३ वटै स्थानीय तहबाट रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको हो । 

स्थानीय तहले १ लाख ५ हजार ३ सय ६५ जनालाई औसतमा १६ दिन रोजगारी दिएका छन् । ६० हजार जनालाई सय दिने रोजगारी दिने लक्ष्य राखिए पनि थोरै दिन धेरै जनाले रोजगारी पाएका हुन् । बेरोजगार सूचीमा ३ लाख ७० हजार ७ सय ३४ जना सूचीकृत थिए । 

यो समाचार आजको अन्नपूर्णपाेष्टमा छ । 

प्रतिक्रिया