बर्मामा भएकाे नरसंहारकाे विराेधमा नेपालमा प्रदर्शन

नेपालखोज २०७७ चैत २० गते ११:५०

काठमाडौं । बर्मामा भएको नरसंहारको विरोधमा ललितपुरको पुल्चोकमा नेपालीहरुले पनि प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि प्ले कार्ड बाेकेर प्रदर्शन गरिएकाे हाे ।

मानव अधिकार संगठन, प्रजातान्त्रिक बिचार समाज नेपाल र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा शुक्रबार बिहान यूएनको कार्यालय अघि प्ले कार्ड बाेकेर ध्यानाकर्षण गराएकाे हाे ।

म्यानमारमा विगत केही महिनादेखि सैनिक शासन लागेकाे र त्यहाँ मानव अधिकारकाे हनन भइरहेकाेले यसाे गरिएकाे हाे ।

प्रतिक्रिया