आइतबार, वैशाख २३, २०८१

‘थाहा छैन’ सार्वजनिक (भिडियोसहित)

नेपालखोज २०७७ चैत २० गते १२:३५

काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित फोटो पत्रकार प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजंग थापाद्वारा लिखित ‘थाहा छैन’ नामक म्युजिक भिडियो एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले हाम्रो नेपाली समाजमा युवाहरु मायामा कसरी तड्पिएर बाँच्दा रहेछन् भन्ने भोगेको दु:खलाई अभिनयका माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको हृदय छुनसक्ने बताए ।

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार सन्तोषजंग थापाद्वारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोशन राईले गाएका छन् । भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय छ । गीतको छायांकन रामकृष्ण चौलागाईंले गरेका हुन् । संगीत तथा भिडियो निर्देशन आशिष राईले गरेका छन् ।

प्रतिक्रिया