शुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

नेपालखोज २०७७ चैत २० गते १५:१६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । सानेपास्थित पार्टी कार्यालय भवनमा केहीबेर अघि बैठक शुरु भएको हो ।

आजको बैठकमा पार्टीको आगामी महाधिवेशन साथै नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्र र जसपाले कांग्रेससँग नयाँ सरकार गठन गर्ने वा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्दै जवाफ मागेको छ । यसैबीच बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया