वैशाख १ गतेदेखि गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सारिने
नेपालखोज
२०७७ चैत २० गते १५:२५

काठमाडौं । गृह मन्त्रालय आउँदो वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रवार गृह मन्त्री रामबहादुर थापाले निरीक्षण गरेका छन् ।
२०७२ सालको भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।
सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सरिसकेको छ । प्रधानमन्त्री कार्यालय सरेपछि खाली रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो । गृह मन्त्रालय रहेको भवन पुनर्निर्माण भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया