समाचाबाट पनि सांसदले आफूलाई सुधारेको : अध्यक्ष तिमिल्सिना

नेपालखोज २०७७ चैत २० गते १७:३४

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाबाट आएका समाचाबाट पनि सांसदले आफूलाई सुधार गर्ने गरेको बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले त्यसो बताएका हुन् ।

संसदको गतिविधिहरुलाई जनता समक्ष पुर्‍याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् । नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सही सूचनालाई विश्वभर पुर्‍याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए । कमी कमजोरीहरुलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन अध्यक्ष तिमिल्सिनाले सुझाव दिएका छन् । उनले भने ‘सही सूचनाहरुलाई दुनियाँभर पुर्‍याउने काममा पनि यहाँहरुको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीहरुलाई सच्याएर अगाडी जाओस् ।’

प्रतिक्रिया