भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन गर्न खाेजे कांग्रेसकाे बिचल्लीः थापा

नेपालखोज २०७७ चैत २१ गते १०:२१

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयलाई राप्रपाका अध्यक्ष कमल थापाले आत्मघाती भन्दै आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत् थापाले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव नै भएको दोहोर्याएका छन्।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेको थियो।

‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो चाहना/निर्णय आत्मघाती हुनेछ।’

प्रतिक्रिया