ओलीले गरे स्विच थिचेर एक सय ६५ वटा सडक निर्माणकाे उद्घाटन

नेपालखोज २०७७ चैत २१ गते १२:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सडक निर्माण कार्यक्रमको उद्घाटन गरेका छन् ।

शनिवार बालुवाटारमा आयोजित कार्यक्रममा स्विच थिचेर एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको उद्घाटन गरेका हुन् ।

साे कार्यक्रममा देशभरीका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा एक सय ६५ वटा सडक निमार्ण गरिने प्रधानमन्त्रीले बताए । ।

३ वर्षमा सडक निमार्ण कार्य सम्पन्न गर्ने गरी सरकारले सडक निमार्ण कार्यक्रमका लागि ५७ अर्ब १० करोड बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया