मंगलबार, वैशाख १६, २०८२

म्यानमारका शरणार्थीप्रति भारत लचिलाे हुनुपर्छ : अमित शाह

नेपालखोज २०७७ चैत २१ गते १३:१९

काठमाण्डाैं । म्यानमारका शरणार्थीप्रति भारत लचिलाे हुनुपर्ने भारतका गृहमन्त्री अमित शाहले बताएका छन् । भारतले  म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्थासमेत गर्ने भएकाे छ ।

भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको बताएका छन् ।तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने शाहकाे भनाइ छ ।

म्यानमारमा दैनिकजसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेका छन् । उनले अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएकोले उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको गृहमन्त्रीले जनाए।

प्रतिक्रिया