नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक जारी
नेपालखोज
२०७७ चैत २१ गते १७:३२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक जारी छ । कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको हो ।
उक्त पक्षका चार जना नेताहरूलाई केपी शर्मा ओली पक्षले कारबाही गरेपछि आगामी कार्यदिशा तय गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ ।
बैठकबाट संगठन सुदृढीकरणलगायतका विषयमा पनि छलफल हुने उल्लेख गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया