माधव नेपाल समूहको नयाँ पार्टी खोल्ने तयारी, नाम एकीकृत कम्युनिस्ट पार्टी नेपाल

नेपालखोज २०७७ चैत २१ गते १८:०३

काठमाडौं । माधवकुमार नेपाल-झलनाथ खनाल समूहले नयाँ पार्टी खोल्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका नेता-कार्यकर्ताहरुलाई छानिछानी कारबाही गरेकाले नयाँ पार्टी खोल्ने तयारी भएको स्रोतको दाबी छ ।

नेपाल-खनाल समूहको आज (शनिबार) बसेको स्थायी कमिटी बैठकले नयाँ पार्टी बनाउनकै लागि दुईमहिने अभियानको कार्ययोजनासमेत बनाएको छ ।

बैठकमा नेता भीम आचार्यले यसबारे कार्ययोजना पेस गरेको स्रोतले दाबी गरेको छ ।

नयाँ पार्टी बनाउने तयारीबारे नेकपा एमालेका खनाल-नेपाल समूहका नेता तथा कैलालीका सांसद् झपट रावल फेसबुकमार्फत जनाएका हुन् ।

‘ऐतिहासिक कार्यभार…, एकीकृत कम्युनिस्ट पार्टी नेपाल’, झपट रावलले फेसबुकमा लेखेका छन् ।

नयाँ पार्टी गठनका लागि माधव-खनाल समूहले गाउँ, नगर र वडा कमिटी गठनको तयारी रहेको स्रोतको भनाइ छ ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारी एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेकी थिइन् ।

प्रतिक्रिया