प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास, कस्ता सडक छानिए ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । एक सय ६५ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत निर्देशन समेत दिएका छन् । आगामी तीन वर्ष भित्र सम्पन्न हुने यो योजना नेपालमा सडक सञ्जाल निर्माणको कोसेढुंगा हुनेछ ।
योजना अन्तर्गत देशभर गरी कुल दुइ हजार दुई सय १० किलो मिटर सडक निर्माण हुनेछ ।
कस्ता सडक छानिए ?
आर्थिक सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने,
राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने,
अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका सडक,
उत्तर दक्षिण सडक सञ्जालसँग जोडिने,
जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रमा जोड्ने,
निर्वाचन क्षेत्रबाट सदरमुकाम जोड्ने
छनौटको आधार के ?
स्थानीय र प्रदेश सरकारका योजनासँग जोडिनु नहुने,
विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मुल्यांकन भएको,
अधुरो नरही तीन वर्षभित्रै पूरा हुने सडक,
न्यून वातावरणीय र सामाजिक प्रभाव हुने सडक,
नेपाल सरकारले अधिकरण आदिका कारण थप आर्थिक भार नपर्ने ।
प्रतिक्रिया