शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिमका नागरिकलाई स्वच्छ खानेपानी दिन प्रदेश सरकार प्रयत्नशील छ : मुख्यमन्त्री भट्ट

नेपालखोज २०७७ चैत २२ गते ८:१०


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए ।

“पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ”, मुख्यमन्त्री भट्टले भने, “प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।” उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्नशील रहेको बता्ए ।

प्रतिक्रिया