शुक्रबार, चैत १६, २०८०

दैनिक २० घण्टा लोडसेडिङ खेप्दै हुम्लाका सर्वसाधारण

नेपालखोज २०७७ चैत २२ गते ८:२६

हुम्ला । दैनिक २० घण्टासम्मको लोडसेडिङको मार खेप्दै आएकाे खबर सुन्दा अचम्म लाग्न सक्छ तर याे सत्य हाे । हुम्लावासीले याे वर्तमानमा खेपिरहेकाे दुख हाे । सरकारले काठमाडौँमा लोडसेडिङमुक्त  भएको  घोषणा  गरे पनि हुम्लाका सर्वसाधारण भने अँध्याराेमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

जिल्लामा  सञ्चालित  हिल्दुम  साना  जलविद्युत् आयोजनामा पानी कम भएका कारण विद्युत उत्पादन घटेकाले दैनिक २० घण्टासम्म लोडसेडिङ खेप्नुपरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले बताए ।

“लामो समयसम्म  लोडसेडिङ  हुन थालेपछि जिल्लामा सञ्चालित  २० भन्दा बढी साना उद्योग तथा  व्यवसाय नै बन्द हुने स्थितिमा  पुगेको छ,” उनले भने जिल्लामा  निरन्तर विद्युत्  उपलब्ध  गराउन राष्ट्रिय विद्युत् प्रसारण  लाइनसँग  जोड्न आवश्यक रहेको पनि उनले बताए ।

कर्णाली करिडोरले चारवटा गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिसकेकाले विद्युत् प्रसारण लाइन तान्न पनि सहज हुने उनको भनाइ छ ।

गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया