‘ऐंसेलुको काँडा’मा किरणकाे स्वर

नेपालखोज २०७७ चैत २२ गते ९:४६

काठमाडौं । ‘ऐंसेलुको काँडा’ नामक गीत युटूबबाट सार्वजनिक भएकाे छ । गीतमा गीतकार विश्व गौडेलको रचना रहेकाे छ ।

गायक किरण भुजेलको स्वर गीतमा सुन्न सकिन्छ । गायक भुजेलले नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेका थिए ।

शंकर स्माईलको संगीत निर्देशनको यो गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

उक्त गीतको म्युजिक भिडियो नृत्यपरक बनेको छ ।

भिडियोमा सुधीर श्रेष्ठ, प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषा उप्रेती आदिले नृत्य तथा अभिनय गरेका छन् ।

रायन कार्कीद्वारा निर्देशित उक्त भिडियोमा बुद्ध थापाको छायांकन तथा बिष्णु खड्काको सम्पादन छ ।

प्रतिक्रिया