माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
नेपालखोज
२०७७ चैत २२ गते १०:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलइएको बैठक स्थगित भएका हो ।
बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन, एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।
-फाइल तस्बिर
सम्बन्धित

प्रतिक्रिया