बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने

नेपालखोज २०७७ चैत २२ गते १०:०९


काठमाडौं । राष्ट्र बैंकले बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने निर्देशन दिएको छ । यसका लागि राष्ट्र बैंकले निर्देशिका समेत जारी गरीको छ ।


यो एक वर्षअघिकै अवस्था हो। सरकारले १० किलो मात्र सुन ल्याउन पाउने निर्णय गरेपछि त्यसलाई यथावत् राख्न राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।


एक वर्षअघिसम्म बैंकले दैनिक २० किलो र लगनका समय भने दैनिक २५ किलो सुन आयात गर्न पाउने व्यवस्था थियो ।
विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले १० किलो मात्र सुन ल्याउन पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्थाले बैंकलाई मार पर्ने भएपछि राष्ट्र बैंकले सो निर्णयलाई सच्याएको हो ।

प्रतिक्रिया