शनिबार, माघ २६, २०८१

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

नेपालखोज २०८१ माघ १० गते २१:२५

मान्म । स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको छ ।

Advertisement

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर विद्युत्को लाइन तान्ने हो भने आफूहरुलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गर्दा कालिकोट, जुम्ला र मुगुमा विस्तार गर्न लागिएको विद्युत् विस्तारमा ढिलाइ भएको छ ।

आफ्नो घर खेत हुँदै विद्युत्को लाइन जाँदा आफूहरुले पनि बिजुली बाल्न पाउनुपर्ने अछाम पञ्चदेवल नगरापालिका–४ टोट्केसालका स्थानीय जनकबहादुर शाहीले बताए ।

स्थानीयले अवरोध गरेपछि प्रसारण लाइन विस्तारमा समस्या भएको विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले बताए ।

उनले कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालिकोट, जुम्ला र मुगुका लागि अछामबाट विद्युत् आयात गर्न खोजिएको बताए ।

कर्णालीका तीन जिल्लामा भोल्टेजको समस्या भएकाले गत असार १२ मा कालिकोट वितरण केन्द्रले कमलबजार–साइखोला नौ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी रु एक करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।

प्रतिक्रिया