शेरबहादुर देउवा सोमबार झापा जाने
नेपालखोज
२०७७ चैत २२ गते १३:४७

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार झापा जाने भएका छन् ।
कांग्रेस नेता एम आचार्यको शालिक अनावरण, वडास्तरको पार्टी कार्यालयको उद्घाटन लगायत श्रद्धाञ्जली सभामा उपस्थिती रहने कार्यक्रम रहेको छ ।
सभापति देउवा सोमवार र मंगलवार (भोलि र पर्सी) झापामा नै रहने कार्यक्रम रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै भोलि सभापति देउवासँगै नेताहरु कृष्णप्रसाद सिलौटा, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा लगायतका नेताहरु समेत कार्यक्रममा जाने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया