वसन्त मानन्धरको नेतृत्वमा बन्यो एमाले काठमाडौं जिल्ला समानान्तर कमिटी
नेपालखोज
२०७७ चैत २२ गते १६:४३

काठमाडौं । एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समानान्तर कमिटी घोषणा गरेको छ । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ । एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।
सम्बन्धित

प्रतिक्रिया