आइतबार, जेठ ६, २०८१

राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोडको ट्रेजरी जारी गर्ने

नेपालखोज २०७७ चैत २२ गते १७:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि अर्थात सोमबार २१ अर्ब १० करोड रुपैयाँको बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती चैत २४ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि आगामी असार २२ गते सकिनेछ । एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि असोज १९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ चैत २२ गतेका लागि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि चैत १७ गते पनि राष्ट्र बैंकले आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया