बुधबार, वैशाख १२, २०८१

कोरोनाले दक्षिण कोरियामा फेरि महामारीको रुप लियो !

नेपालखोज २०७८ असोज ११ गते १६:५०


काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ संक्रमितको संख्या तीन हजार २७३ पुगेको छ ।

बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले संक्रमणको संख्या बढेको हो । संक्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ ।

शुक्रबारको तुलनामा शनिबार कूल संक्रमितको सङ्ख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल संक्रमित मध्ये तीन हजार २४५ स्थानीय संक्रमित छन् भने बाँकी बाहिरबाट संक्रमित भई आउने छन् ।

कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ । हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ ।

सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ । रासस

प्रतिक्रिया