प्रतिनिधिसभा बैठक सोमबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपालखोज २०७७ चैत २२ गते १८:३३

काठमाडौं । सोमवार (भोलि) प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७ औँ बैठकमा विभिन्न कार्यसूचीहरु तय गरिएको छ । बैठक सोमवार (भोलि) दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेश हुने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश’ हुनेछ ।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ हुने गौतमले जानकारी दिए ।

प्रतिक्रिया