मंगलबार, वैशाख ३०, २०८२

ललितपुर मेयर कपमा आज लुम्बिनी र प्रदेश-१ भिड्दै

नेपालखोज २०७७ चैत २३ गते ७:३८

ललितपुर । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा मेयर-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो ।

अस्ति भएको पहिलो खेलमा प्रदेश-१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो । प्रतियोगितामा एपीएफ, प्रदेश-१, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया