ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित
नेपालखोज
२०७७ चैत २३ गते ७:५२

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ ।
एथ्लेटिकोको २९ खेलबाट ६६ छ ।
दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया