आइतबार, असार २२, २०८२

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

नेपालखोज २०७७ चैत २३ गते ९:५७

काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक पनि आज बस्दैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रले प्रदेश सांसदहरुलाई कारबाही गरेको जानकारी गराउने तयारी गरेको छ। माओवादी केन्द्रले लुम्बिनी प्रदेश सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको छ। केन्द्रले दुई सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ। दुवै जना एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको हो।

न्यौपाने रुपन्देही १ ख बाट र पन्थी गुल्मी २ ख बाट निर्वाचित भएका थिए। न्यौपाने र पन्थीलाई चैत १२ गते २४ घन्टे स्पष्टीकरण सोध्दा उनीहरुले स्पष्टीकरण नबुझाएपछि कारवाही प्रक्रिया अगाडी बढाउन प्रदेश सभामा पत्र दर्ता गराएको माओवादीले जनाएको छ।

प्रतिक्रिया