मंगलबार, मंसिर १८, २०८१

रुसमा कोरोनाबाट एकैदिन ८९५ को मृत्यु

नेपालखोज २०७८ असोज २० गते ७:३०

मस्को । रुसमा एकैदिन कोरोना संक्रमणका कारण ८ सय ९५ जनाको मृत्यु भएको छ । रुसी अधिकारीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै मृत्युको संख्या हो ।

रुसमा एकैदिन २५ हजार १ सय बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमितहरु राजधानी मस्कोमा बढी छन् ।

भौतिक दूरीमा बेवास्ता, मास्क प्रयोग नगर्नु र स्वास्थ्य मापदण्ड नअनाउँदा संक्रमितको संख्या बढेको भन्दै रुस सरकारले कडा नीति अवलम्बन गर्ने बताएको छ ।

केही समयअघि फुकुवा गरिएको लकडाउनले पनि संक्रमितको संख्या ह्वातै बढाएको बताइएको छ ।

रुसमा कोरोनाका कारण अहिलेसम्म २ लाख ११ हजार बढीको मृत्यु भइसकेको छ भने ७६ लाख ३७ हजार ४ सय संक्रमित भएका छन् ।

प्रतिक्रिया