मंगलबार, असार १७, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

नेपालखोज २०७७ चैत २३ गते १०:३३

काठमाडौं । आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक संघीय संसद् भवन ( नयाँ बानेश्वर) मा दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन् ।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

-फाइल तस्बिर

प्रतिक्रिया