पार्टीको महाधिवेशन २०८३ मंसिर भन्दा अगाडि नै हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको महाधिवेशन २०८३ मंसिर भन्दा अगाडि नै हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नंवर ६, क काठमाडौंले आयोजना गरेको कार्यक्रममा थापाले सवै नेताहरु मिलेर महाधिवशेन सार्न प्रयास गरेपनि पार्टीको महाधिवेशन २०८३ मंसिर भन्दा अगाडि नै हुने बताए । त्यसभन्दा पछाडी महाधिवशेनलाई ढकेल्न खोजे अदालतले नै रोक्ने उहाले बताए ।
थापाले महाविधेशन अघि क्रियाशिल सदस्य र विधान संशोधनको काम सक्नुपर्ने धारणा राखे । उनले पार्टीको विधान संशोधन गर्दा क्रियाशील सदस्यबाट प्रत्यक्ष रुपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने जिकिर गरे ।
प्रत्यक्ष रुपमा पार्टी सभापति चुन्ने व्यवस्था भए पार्टीमा चुलिएको गुटबन्दी आफै हटेर जाने उनको भनाइ छ । थापाले विधान संशोधन गर्दा पार्टीमा धेरै संख्यामा रहेका समितिका बारेमा पनि पूनर्बिचार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया