बुधबार, असार ११, २०८२

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपालखोज २०७७ चैत २३ गते १०:५४

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार ८७ हजार ४ सयमा कारोबार भएको सुनको मूल्यमा आज दुई सयले घटेर प्रतितोला ८७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइबार एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज ५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया