७८ करोड ठगीको आरोपमा सहकारी संस्थाका अध्यक्ष पक्राउ
नेपालखोज
२०७७ चैत २३ गते १२:२२

काठमाडौ । ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका–१४ का ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि संस्थामा रकम जम्मा गर्न लगाई करिब ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको उजुरीका आधारमा चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया