म्यानमारको सैनिक सरकारको विरोधमा शान्ति समाजले बौद्धमा प्रदर्शन गर्ने

नेपालखोज २०७७ चैत २३ गते १४:२२

काठमाडौं । म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित शान्ति समाजले बुधबार बैद्धनाथ अगाडि प्रदर्शन गर्ने भएको छ । बर्मेली सेनाले कु गरेर लोकतन्त्र बहालिका लागि भैरहेको आन्दोलनमा सेनाले निरन्तर दमन गर्दै आएको विरोधमा प्रदर्शन गर्ने भएको हो ।

म्यानमारमा भइरहेको हत्या र दमनको विरुद्धमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकले आँखामा कालोपट्टी बाधेर र हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने समाजले जनाएको छ । म्यानमारमा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र यस अघि ललितपुरस्थित बर्मेली दुतावास अगाडि र संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाहरुको सहभागिता रहने समानले जनाएको छ ।

प्रतिक्रिया