बुधबार, वैशाख १२, २०८१

झिनो अंकले बढ्यो नेप्से

नेपालखोज २०७७ चैत २३ गते १६:३०

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार २६५८.७८ विन्दुमा पुगेको छ ।

सुरुवाती कारोबारमा नेप्से २६८० बिन्दुको उचाइमा पुगेको थियो । तर, क्रमशः नेप्से ओरालो लाग्यो । ओरालो लाग्‍ने क्रममा नेप्से २६४० बिन्दुसम्म पुगेको थियो । १२ बजेपछि बजार इन्डेक्स फेरि बढ्न थाल्यो । केही समयको वृद्धिपछि प्राय नेप्से स्थिर बिन्दुमा कायम रह्यो ।

नेप्सेमा सूचीकृत समूहमध्ये बैंकिङसँगै ६ समूहका कम्पनीहरूको सेयर मूल्य घटेपछि नेप्से वृद्धि हुन सकेन ।

बैंकिङ समूहमा ११ दशमलव ७९ अंकले घटेको छ । एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । ९६ रुपैयाँले बढेको यो लघुवित्तको सेयर मूल्य प्रति कित्ता एक हजार ५७ रुपैयाँ रुपैयाँ छ ।

राधी जलविद्युतको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । वोमी लघुवित्त र सानिमा जनरल इनस्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी अंकले बढेको छ ।

अपर तामाकोशीको सेयर मूल्य ३४ करोड ७५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ३१ करोड ३४ लाख रुपैयाँ कारोबार पुगेको छ ।

कुल सेयर कारोबार ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ छ । ७३ हजार ५९८ पटकको कारोबारमा एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया