शनिबार, वैशाख १५, २०८१

सातामा १६ अर्ब ६५ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष १३ गते ११:२५

काठमाडौं । यो नेप्से परिसुचक दुई हजार ६८ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ४४ अंकमा पुगेको छ ।

यो साता कुल तीन सय नौं वटा कम्पनीहरुको १३ लाख ४७ हजार तीन सय ३६ पटकको कारोबारमा चार करोड ४५ लाख ८५ हजार दुई सय २७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १६ अर्ब ६५ करोड १४ लाख ४७ हजार सात सय ३८ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १६ अर्ब रुपैंयाँले कम हो ।

गत साता भने नेप्सेमा तीन सय १३ वटा कम्पनीहरुको पाँच लाख ३८ हजार एक सय ६५ पटकको कारोबारमा नौं करोड २२ लाख ५६ हजार नौं सय ७५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३१ अर्ब २९ करोड ४६ लाख २३ हजार सात सय छ रुपैंयाँ ६४ पैसा पुगेको थियो । यो साता नेप्से तीन दिन मात्र खुल्ला रहेकोमा पहिलो, चौंथो र पाँचौं दिन नेप्से घटेको थियो थियो भने दोस्रो र तेस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन २१ दशमलव शुन्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शुन्य सात अंकमा झरेको नेप्से अतिम दिन एक दशमलव ९३ अंकले घटेर दुई हजार ६८ दशमलव ९० अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ३३ झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि एक दशमलव ६२ अंकले घटेर तीन सय ८५ दशमलव ४४ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि यि दुबै सुचक घटेका थिए ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया