आइतबार, जेठ ६, २०८१

सानिमा बैंकको केवाईसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने

नेपालखोज २०७७ चैत २३ गते २०:४४

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दे विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लगईन गरी अनलाईन केवाईसीमा अपडेटमा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन । यद्धापी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चेसहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आपूmलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ ।

बैंकमा उपस्थित नभई आपूm अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहकवहरुलाई लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा एटिएम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया