बार्सिलोनाकाे कठिन जित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले कठिन जित हात पारेको छ । १० खेलाडीमा सीमित भएको भल्लाडोलिडलाई १–० ले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा भल्लाडोलिडमाथि निरन्तर दवाव दिँदै एकपक्षीय प्रभाव देखाए पनि बार्सिलोनाले गोल गर्न सकेन । खेलको ८९ औँ मिनेटमा भल्लाडोलिडका मिडफिल्डर ओस्कार प्लानो रातो कार्ड पाएर मैदानबाट बाहिरिए । प्लानो ले बलतर्फ दौडिरहेका बार्सिलोनाका स्ट्राइकर ओस्मान डेम्बेलेलाई पछाडिबाट ट्याकल गरी मैदानमा लडाएपछि रेफ्रीले रातो कार्ड दिएका थिए।
त्यसपछि १० खेलाडीमा सीमित भएको भल्लाडोलिड विरुद्ध पनि बार्सिलोनाका खेलाडीले गोल गर्न सकेनन् । गोलरहित बराबरीतर्फ उन्मुख भएको खेललाई डेम्बेलेले ९०औँ मिनेटमा गोल गरी बार्सिलोनाको पक्षमा पारे।
यो जितसँगै २९ खेलबाट ६५ अंक बनाएको बार्सिलोना उपाधि होडमा नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ६६ अंक मात्रै छ । एक अंकले मात्रै पछि रहेको बार्सिलोना गोलअन्तरमा पनि निकै अगाडि छ । अब लिगका ९ खेल खैल्न बाँकी छ । एट्लेटिकोले कम्तिमा एक खेल गुमाउने र बार्सिलोनाले बाँकी सबै खेल जितेमा पनि उपाधि हात पार्न सक्ने देखिन्छ । समान खेलबाट ६६ अंकका साथ तेस्रो स्थानमा रहेको साविक विजेता रियल मड्रिड पनि उपाधि होडमा बलियो नै देखिन्छ ।
अहिलेसम्मको नतिजा हेर्दा यस सिजन ला लिगाको उपाधिका लागि ३ टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिक्रिया