नजिकिँदै जसपा र सरकारकाे सम्बन्ध
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले उठाएका माग पूरा गर्न सरकार सकारात्मक रहेकाे छ । आन्दाेलनकाे क्रममा अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले तदारुकता देखाएकाे हाे ।
सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फाराम भर्न लगाएको जसपाले जनाएकाे छ । फाराम भर्न लगाउनु भनेकाे जसपाले उठाएका माग पूरा गर्न सरकारले तदारुकता देखाउनु हाे । लक्ष्मणलाल कर्णले बताए अनुसार जसपाका माग सरकारले पूरा गर्ने चासाे लिएकाे छ ।
याे कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तासमेत भएको थियो। जसमा जसपाले उठाएका माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र ठाकुरबीच कुराकानी भएको बतइएकाे छ ।
यसले सरकार र जसपाकाे सम्बन्ध नजिकिने संकेत दिन्छ । माग पूरा भएकाे खण्डमा जसपा सरकारमा सामेल समेत हुने देखिन्छ ।
प्रतिक्रिया