ओलीको समर्थन गर्ने ५ माओवादी केन्द्रका मन्त्रीलाई कारबाही गरिँदै

नेपालखोज २०७७ चैत २४ गते ११:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रले ओलीको समर्थन गरी मन्त्री भइरहेका पाँच जनालाई कारबाहीको तयारी गरेको छ । सर्वोच्चले एमाले माओवादीलाई पुरानै अवस्थामा फर्काए पनि मन्त्री पदमा रहेका माओवादी नेताहरु राम बहादुर थापा लगायतलाई केन्द्रले कारबाही गर्न लागेको हो । यदि यसाे गरिएकाे खण्डमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जनाकाे सांसद पद धरापमा पर्नेछ ।

माओवादी केन्द्र उच्च स्रोतलाई मान्ने हाे भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारबाही हुने भएकाे हाे ।  

माओवादी केन्द्रले पाँचै जना मन्त्रीहरुलाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफसमेत दिएका थिएनन् ।
‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारबाही गर्ने अन्तिम पत्र तयार भएकाे माओवादी केन्द्र उच्च स्रोतकाे दाबी छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । यसाे गरिएकाे खण्डमा ती मन्त्रीहरुकाे सांसद पद खारेज हुनेछ । सांसद नै नरहेपछि मन्त्री हुन पिन समस्या हुनेछ ।  

प्रतिक्रिया