सुनको मूल्य तोलामा ३ सयले बढ्याे, चाँदीको स्थिर
नेपालखोज
२०७७ चैत २४ गते १२:२६

काठमाडौं । सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८७ हजार ५० कायम छ । तेजाबी सुनको मूल्य भने आज नबढेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज स्थिर रहदै प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।.
सम्बन्धित
प्रतिक्रिया