चितवनमा बन्दा बन्दै पुल ढल्याे, कमजाेरी कसकाे ?
चितवन । चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल बन्दा बन्दै भत्किएकाे छ ।
भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने साे पुलकाे चौडाई १० मिटर रहेकाे छ । लम्बाई भने २०० मिटर लामो रहेकाे थियाे । पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएकाे स्थानीयले जनाए ।
करिब २० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको यही असार मसान्तमा काम सकिने गरेर काम भइरहेको डिभिजन सडक कार्यालय चितवनका ईन्जिनियर शिव खनालले बताए ।
२०७४ सालमा सपन्न गरिसक्नुपर्ने यो पुल निर्माण कम्पनीले काम ढिलो गरेकाले अहिलेसम्म बन्न नसकेको ठिमुरा घिनाटार पक्की पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताए ।
अहिले भने यो पुलको भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान पुल भत्किएको उनले जानकारी दिए ।
के कारणले पुल भत्कियो भन्ने प्राबिधिकहरुको अध्ययनपछि पत्ता लाग्ने इन्जिनियर खनालले बताए ।
पुलमा ४ वटा स्पान राखिँदै थियाे । तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिने काम भइरहेको थियो ।
प्रतिक्रिया