आफ्नो पक्षमा लागेका नेता कार्यकर्तालाई अलपत्र नपार्ने : नेता नेपाल

नेपालखोज २०७७ चैत २४ गते १७:०२

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने बताएका छन् । मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पु¥याई छाडने प्रतिवद्धता समेत व्यक्त गरे ।

निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए । उनले भने, ‘भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरुलाई छाडने छैनौं । तपाईहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको खुलासा गरे । उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा ग¥यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन बैद्यजीहरुको समूहसँग कुरा गर्‍यौ उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदी हाम्रो पार्टी अगाडी बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा ग¥यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

नेता नेपालले आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको बताए । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको बताए । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले भने ।

केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए । आफूहरुमाथि कारबाही गर्दा घोडा टेक्न आउँछनकी भन्ने भ्रम केपी ओलीमा रहेको उनको भनाइ थियो । अहिले प्रतिनिधि सभा व्युतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दैं हिंडिरहेको पनि बताए ।

प्रतिक्रिया