प्रशासनले दियो बजार अनुगमनलाई तिब्रता

नेपालखोज २०७७ चैत २४ गते १९:०८

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको छ । पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई व्यापक बनाएको हो ।

जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अनुगमनको क्रममा काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भई सञ्चालनमा रहेको पाइएको अधिकारीले जनाए ।

मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाईलाई ध्यान नदिएको पाइएको र कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको सचेत गराइएको अधिकारीले बताए ।

प्रतिक्रिया