वर्तमान राजनीतिप्रति राष्ट्रपतिकाे दृष्टिकाेण

काठमाडाैं । प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ? तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्, राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको ठहरमा छिन् ।
राष्ट्रपतिको बुझाइअनुसार, ‘भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उनको समूहका नेताहरू भारतबाट गाइडेड हुन् । तर, उनी पनि सरकार अप्ठेरोमा छ भन्ने निश्कर्षमा पुगेकी छिन् । उनले प्रचण्ड, कांग्रेस र जसपाको धारणामा समानता (सरकार विरोधी) जुट्न गाह्रो छ भन्ने बुझेकी छन् भने राप्रपाको पनि कमल थापा समूहप्रति सकारात्मक छिन् ।
तर, पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनीप्रति थोपै विश्वास छैन । उनले अनुमान गरेकी छन्– मधेसी र शेरबहादुरबीच निकटता बढ्न गाह्रो छ । कांग्रेससँग मधेशी मिल्दा त्यहाँ एमालेलाई क्षति हुने उनको बुझाई छ । र, भन्ने गर्छिन्, ‘पुस ५ को संसद विघटनपछि पार्टी फुटाउने काममा भारतीयहरू सफल भए ।’ र, प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको भन्ने कुरा उनलाई लागेकै छैन ।
जनआस्थाबाट

प्रतिक्रिया