कांग्रेसले प्रजातन्त्रको विरुद्धमा कसैसँग सम्झौता गर्दैन : देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको कार्यकर्ता र आन्तरिक पक्ष बलियो भएको खण्डमा कुनै पनि तागतले कांग्रेसलाई हराउन नसक्ने बताएका छन् । कांग्रेस राष्ट्रिय एकताका पक्षमा उदाहरणीय बनेर उभिनुपर्ने पनि उनले बताएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै सभापति कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । प्रजातन्त्र, लोकतन्त्र र राष्ट्रिय एकताको लागि कांग्रेस कार्यकर्ता एक भएर एकै ठाउँमा उभिनुपर्ने पनि उनको राय रहेको छ ।
उनले भने, ‘अहिलेको जस्तो जटिल परिस्थितिमा यदि हामी एक भयौं भने पार्टीलाई जिताउन सजिलो हुन्छ ।’
नेपाली कांग्रेसले प्रजातन्त्रको रक्षाका लागि जहिले पनि संघर्ष गर्ने कारण हतास नहुन उनले कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । प्रजातन्त्रको विरुद्धमा हामी कुनै पनि शक्तिसँग सम्झौता गर्दैनौं देउवाको तर्क छ ।
प्रतिक्रिया