देउवाले भने- नवीन्द्र पार्टीकाे नेतृत्व गर्न सक्ने क्षमता भएका नेता थिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।
स्वर्गीय नमिन्द्रराज जोशीको निधन भएको १३ औं दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए ।
फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिले पनि संकटमा नरहेको ठोकुवा गरे । उनले पार्टीका नेता कार्यकर्तालाई आफंैले आफंैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।
उनले भने , यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन । भोली पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौं । पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौं । धेरै पटक जितेका पनि छाैं । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन । ”
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।


प्रतिक्रिया