शुक्रबार, वैशाख १४, २०८१

गण्डकी प्रदेशमा माओवादी मन्त्रीले दिए राजीनामा

नेपालखोज २०७७ चैत २५ गते १८:२६

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा दिएका हुन् ।

माओवादी संसदीय दलको बुधवार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले आजदेखि सुरु भएको प्रदेशसभाको अधिवेशनलाई सम्बोधन गर्दै पार्टीको निर्देशनअनुसार आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाइसकेको जानकारी गराएका छन् ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको समर्थनसहित नेकपा एमाले र माओवादीको २०७४ फागुनमा प्रदेश सरकार गठन भएको थियो । सरकार बनाउँदा माओवादीलाई सभामुखसहित २ मन्त्रालय र एमालेलाइ मुख्यमन्त्री सहित ३ मन्त्रालय भागबण्डामा मिलाइएको थियो ।

प्रतिक्रिया