जोशीको निधनले कांग्रेसलाई ठूलो क्षति पुग्यो : वरिष्ठ नेता पौडेल

नेपालखोज २०७७ चैत २५ गते १९:५७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नविन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३ औं पूण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदयीमान नेताको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको बताए ।

उनले भने, ‘नविन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ एउटा लोकपृय नेता, अत्यन्त लोकपृय नेता, विचारवान नेता, विचारशिल नेता र कार्मशिल नेता, विचार मात्र होइन कर्म र विचार दुईवटैको संयोग, इमान्दारिता मात्र होइन योग्यता र इमान्दारिता दुईवटैको संयोग नविन्द्रराज जोशी एक होनहार, उदयीमान नेता आज नेपाली कांग्रेसले गुमाएको छ ।’

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्री आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आएको कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गरे । अनुचित किसिमका सम्झौता जतिसुकै दवाव परेपनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतिक नविन्द्रराज जोशी रहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

-फाइल तस्बिर

प्रतिक्रिया