बिहीबार, वैशाख १३, २०८१

भगवती बगलामुखीकाे पूजा किन गर्ने ?

नेपालखोज २०७७ चैत २६ गते ६:००

बगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । त्यसकारण माता बगलामुखीलाई श्री भगवान हरिकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट्र देशको हरिद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बगलामुखीको उत्पत्ति भएको मानिन्छ।

तन्त्रशास्त्र अनुसार दस महाविद्या मध्ये बगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले बिहिबार बगलामुखीको दर्शन गर्ने गरिन्छ।

तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कारणले बगलामुखीको पूजा हुने गरेको हो ।

प्रतिक्रिया