मंगलबार, मंसिर २५, २०८१

महिला अधिकारकर्मी रुवी खान रिहा

नेपालखोज २०७८ असोज २८ गते २१:३०

काठमाडौं । महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छिन् । सर्वोच्च अदालतको आदेशपछि रुवी खान बिहीबार रिहा भएकी हुन् । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी मोहना अन्सारीले ट्विटरमार्फत यसको जानकारी दिएकी हुन् ।

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया