मंगलबार, वैशाख ३०, २०८२

चेल्सीद्वारा एफसी पोर्टो २–० ले पराजित

नेपालखोज २०७७ चैत २६ गते ८:१२

काठमाडाैं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको पहिलो लेगमा चेल्सी विजयी भएको छ ।अवे मैदानमा भएको खेलमा इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–० ले पराजित गरेको हो ।

चेल्सीको जिनतमा मासन माउन्ट र बेन चिलवेलले गोल गरेका हुन् । ३२ औँ मिनेटमा माउन्ट तथा ८५ औँ मिनेटमा चिलवेलले गोल गरेर चेल्सीलाई जित दिलाएका हुन् । दोस्रो लेग चेल्सीको मैदानमा हुनेछ ।

प्रतिक्रिया